२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भूटानी शरणर्थीद्वारा स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति :  ३ जेष्ठ २०७८, सोमबार ०४:४८


दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोभिड संक्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

यहाँस्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।

दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौं’ नामक सहयोगी संस्थामार्फत एक लाख रुपैंया मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताउनुभयो ।

यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोभिड संक्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि दश लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन संक्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताउनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !