१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा संक्रमितको संख्या केही घट्यो, ज्यान गुमाउनेको दर घटेन 

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०६:३९


काठमाडौं । भारतमा कोभिड–१९ संक्रमण दर केही ओरालो लागेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख २६ हजारमा संक्रमण पुष्टि भएको छ । यस अघि शुक्रबार ३ लाख ४३ हजारमा संक्रमण पुष्टि भएको थियो ।

अघिल्लो दिनको तुलनामा संक्रमण दरमा केही कमी आए पनि ज्यान गुमाउने दरमा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९० जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ । योसँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २ लाख ६६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा कर्नाटक राज्यमा सबैभन्दा धेरै ४१ हजार ७ सय ७९ मा संक्रमण पुष्टि भएको छ । त्यसैगरी महाराष्ट्रमा ३९ हजार ९ सय २३ जनामा संक्राण पुष्टि भएको छ ।

सो अवधिमा महाराष्ट्रमा ७ सय १४ जनाको ज्यान गएको छ । कर्नाटकमा ३ सय ७३ र उत्तर प्रदेशमा ३ सय ११ को ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लकडाउन भएको करिब चार हप्ता पछि दिल्लीमा संक्रमण  दर ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा ८ हजार ५ सय ६ जनामाा संक्रमण पुष्टि भएको छ । दिल्लीमा करिब ७० हजारको परीक्षण गर्दा १२ प्रतिशतमा मात्रै संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी मुम्बाईमा पनि सक्रिय संक्रमितको संख्यामा कमी आएको छ । एक महिना अघि अप्रिल १४ मा ८७ हजार भन्दाबढी सक्रिय संक्रमित भएको मुम्बाईमा अहिले सक्रिय संक्रमितको संख्या ३७ हजारमा झरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले संक्रमण गाउँगाउँसम्म तिब्र गतिमा फैलिरहेको भए पनि आत्मबल बलियो बनाई महामारीसँग लड्न अपिल गर्नु भएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !