१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज कार्यदल बनाएर विवादको अन्त्य हुन्छ- गोकर्ण विष्ट

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०६:१०


काठमाडौं । ‘आज कार्यदल बनाएर विवादको अन्त्य हुन्छ, सम्झनुस, एमाले भित्रको विवाद लगभग अन्त्य भइसकेको छ’– नेकपा एमालेका नेता गोकर्ण विष्टले भन्नुुभयो ।

नेता विष्टले शनिबार कार्यदल बनाएर विवाद सामाधान गरिने बताउनुुभयो । ‘शुक्रबार पार्टीभित्र बृहत छलफल भयो, यसले एक खालको सकारात्मक उर्जा दिएको छ’, उहाँले भन्नुभयो ।

यद्यपि कार्यदल कति जनाको र कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको नेता विष्टले बताउनुुभयो । विष्ट पार्टीभित्रको विवादको बेला माधव गुुटमा लाग्नुुभएको थियो ।

उहाँले २०७५ जेठ २ को एमालेमा फर्कन नसके पनि आसपासमा पुुग्नेगरी छलफल भइरहेको बताउनुुभयो । ‘पार्टी भित्र रहेका विमतीका विषयलाई अन्त्यगर्न जेठ २ मा फर्कने सहमती भएको छ, अब केही मसिना कुराहरु छन्, त्यसमा दुवै पक्षले लचकता देखाएर जानुपर्छ भन्ने कुरा भएको छ’– विष्टले भन्नुभयो ।

उहाँले आजै कार्यदल बताउने प्रक्रिय अघि बढ्ने पनि बताउनुभयो । ‘आजै कार्यदल बनाएर प्रक्रिया अगाडि बड्छ’– उहाँले भन्नुुभयो ।

पार्टी भित्रको विवाद समाधानको विषयमा छलफल गर्न शुक्रबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ट नेता माधवकुमार नेपाल लगायतका नेता छलफलमा बस्नु भएको थियो । छलफलले कार्यदल बनाउने जिम्मेवारी पार्टी अध्यक्ष र वरिष्ठ नेतालाई दिएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !