१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बामदेव गाैतमद्वारा पार्टीलाई मिलाएर लैजान अपिल

प्रकाशित मिति :  ३१ बैशाख २०७८, शुक्रबार ०७:४३


काठमाडौं । नेकपा एमालेको नेता बामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पूर्वमहासचिव माधव नेपाललाई अब पार्टीलाई मिलाएर लैजान अपिल गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा गौतमले एमालेका दुई वरिष्ठ नेताहरु अध्यक्ष केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव माधवकुमार नेपाल बीच पार्टी भित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएकोमा खुसी व्यक्त गर्नुभएको छ । ‘यो नेकपा (एमाले) का निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ’, गौतमले भन्नुभएको छ ।

उहाँले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियक्त हुनुभएकोमा बधाई दिनुभएको छ । ‘नेपालको प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु’, गौतमले भन्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !