१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग घोषणा

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार १०:२२


काठमाडौं । अमेरिकाद्वारा कोभिड–१९ विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले कोभिड–१९ विरुद्ध लड्नका लागि अक्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

कमान्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नु भएको छ । चीन, अमेरिका लगायत देशबाट सहयोग प्राप्त भईरहेको छ ।

अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामाग्री सहयोग गर्ने 

काठमाडौं । अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री अमेरिकाले नेपाललाई सहयोग गर्न लागेको हो ।

बिहीबार उप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदुत र्‍यान्डि बेरी बीच  भएको संवादमा अमेरिकी राजदुतले अर्को साता नेपाललाई स्वास्थ्य सामाग्रीहरू सहयोग गर्ने बताउनुभएको उप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

केही दिन अघि संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकसँग पनि उप्रधानमन्त्री पोखरेलले संवाद गर्नुभएको थियो ।  उपप्रधानमन्त्री पोखरेलले  खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहनु भएको छ ।
-आईएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !