१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो-पवित्रा निरौला खरेल

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०७:०४


काठमाडौं । ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन’, झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेल भन्नुहन्छ ।

नेकपा एमालेको माधव गुुटमा खुल्नुुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नी’– उहाँले भन्नुुभयो ।

राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनुु भएको खरेलले बताउनुुभयो । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’– खरेलले प्रष्ट रुपमा बताउनुभयो ।

अझै पनि पार्टी अध्यक्षले सबैलाई एक ठाउँमा राखेर छलफल थाल्नुुपर्ने र निकास खोज्नु्पर्ने उहाँले बताउनुुभयो । पार्टी एक ढिक्का बनाउनुमा नै सबैको भलाइ हुने खरेलको सुझाव छ । उहाँले भन्नुुभयो– ‘मैले एमाले पार्टी बिनाको राजनीति कल्पना पनि गरेको छैन, मसँग राजीनामाको विषयमा कसैले छलफल पनि गरेको छैन, राजीनामा कुनै हालतमा दिन्न ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !