१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटले सांसद् पदबाट राजीनामा दिने, देउवाले उपचुनावमा सघाउने

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार १०:१६


काठमाडौं । एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना देखिएको बेलामा माधवकुमार नेपालले अनौठो डिल गर्नुभएको छ ।

याँ सरकार गठनको लागि नेपाली कांग्रेससँग एमालेको माधव गुटले राजीनामा दिएर संसदमा गठबन्धनको बहुमत पुर्याउने सहमति गर्न लागेको हो ।

सरकार बनाउन माधव गुटले राजीनामा दिने र उपनिर्वाचनमा माधव गुटलाई कांग्रेसले सहयोग गर्ने सहमति भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुुभयो ।

जसपाको महन्थ ठाकुर समूहले सरकार गठनको लागि सहयोग नगरे पनि माधव गुटले सहयोग गर्ने लगभग निश्चित भईसकेको उहाँको भनाइ छ । एमालेको माधव गुटका सांसद्ले राजीनामा गरेर गठबन्धन अनुुकूल संख्या पुुर्याउन सहयोग गर्ने खाँडको दाबी छ ।

राजीनामा दिने सांसदलाई उपनिर्वाचनमा जिताउने सभापति शेरबहादुर देउवाले वचन दिइसकेको उहाँले बताउनुभयो । खाँडका अनुसार लगातार वार्ता भइरहेको र भोलिसम्म निष्कर्ष आईसक्ने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्न नदिन सो गुटले राजीनामा दिने नीति अपनाएको हो । राजीनामा दिनेको संख्या भने तोकिएको छैन ।

कांग्रेसले माधव गुुटमा रहेका २० जनालाई राजीनामा दिन भनेको छ । २० जनाले राजीनामा दिए संसद्को अंकगणितमा फेरबदल भएर सरकार बनाउन सहज हुने कांग्रेसको बुुझाइ छ ।

सचेतक खाँडका अनुसार सहमति अन्तिम चरणमा पुुगेको र माधव गुुट पछाडि नफर्किनेमा कांग्रेस ढुुक्क छ ।

यस अघि माधव गुुटका नेता घनश्याम भुसालले आत्मसमर्पण भन्दा विद्रोह गरिने बताउनुुभएको थियो । उहाँले पार्टीमा विद्रोह गरिने भन्दै राजीनामाको संकेत गर्नुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !