९ श्रावण २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाबुराम पनि आइपुग्नुभयो अर्ली इलेक्सनको पक्षमा

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०५:०२


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई ढालेर वैकल्पिक सरकार गठनको दौडमा लाग्नु भएका जनता समाजवादी पार्टीका (जसपा) का नेता बाबुराम भट्टराई पनि अर्ली इलेक्सनको पक्षमा आउनु भएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुुुुुुुुुुुुुुुुक्त सरकार बनाउने चाहनन पूरा नहुने देखिएपछि भट्टराई अर्ली इलेक्सनको पक्षमा देखिनुभएको हो । यस अघि उहाँ कांग्रेस नेतृत्वमा माओवादी र जसपा सम्मिलित सरकार बनाउने खेलमा लाग्नु भएको थियो ।

कांग्रेस माओवादीसँग मिलेर सरकारमा जाने विषयमा जसपामा विवाद भएपछि उहाँको सो इच्छा पूरा हुन नसकेको हो । आफ्नै पार्टी भित्रको विवाद मिलाउन नसकेपछि भट्टराईले चुनावी सरकार गठन लगायतका सुझाव सामाजिक सञ्जाल ट्वीट मार्फत सार्वजनिक गर्नुभएको छ ।

भट्टराईले चुनावी सरकार बनाउने कुरा गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने र आफू समेत हर्ताकर्ता हुन मिल्ने गरी प्रस्ताव गनुभएको छ ।

भट्टराईको पहिलो प्रस्ताव छ, संविधानको धारा ७६(२) बमोजिम सबै दलको सहभागीतामा चुनावी सरकार बनाउने । त्यो सरकार वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा बनाउने भट्टराईको प्रस्ताव छ ।

त्यसमा दलका प्रमुख एवं पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति गठन गर्ने उहाँको प्रस्ताव छ । पूर्वप्रधानमन्त्रीको हैसियतले भट्राईले आफूलाई त्यहाँ सुरक्षित गर्न खोज्नु भएको छ ।

यसैगरी साझा न्यूनतम कार्यक्रम तय गर्न उहाँले सुझाव दिनुभएको छ । जसमा कोभिड नियन्त्रण, सत्य तथ्य छानविन आयोग, मुद्दा, संविधान संशोधन र आर्थिक राहत लगायतका कुरालाई राख्न सकिने उहाँको सुझाव छ । भट्टराईले एक वर्षभित्र चुनाव गर्न प्रस्ताव गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !