१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले नेता पशुपति चौलागाईँको कोभिड संक्रमणबाट निधन

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०२:५१


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईँको निधन भएको छ ।

कोभिड–१९ संक्रमण भई उपचारको लागि अस्पताल भर्ना हुनुभएका चौलागाईँको गएराति उपचारकै क्रममा निधन भएको हो । कोभिड संक्रमण देखिएपछि उहाँ उपचारको लागि मनमोहन अस्पतालमा भर्ना हुनुभएको थियो ।

दोलखाबाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित चौलागाईँ २०५६ को निर्वाचनमा दोलखाबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै दोस्रो संविधान सभा निर्वाचनमा पनि उहाँ दोलखाबाट निर्वाचित हुनुभएको थियो ।

चौलागाईँले नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा वाग्मती अञ्चल इञ्चार्ज समेत भएर काम गर्नुभएको थियो । चौलागाईँ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !