१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०१:४१


काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको राससलाई जानकारी दिनुभयो ।

उहाँले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !