१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनले दिएकाे सामाग्री आइपुग्याे नेपाल

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार १२:२३


काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ का उपचार सामाग्री काठमाडौं आइपुगेका छन् ।

आज नेपाल एयरलाइन्सको आरए ४२५२ को बेइजिङ–काठमाडौं विमानले ती सामाग्री काठमाडौं ल्याएको हो ।

ल्याइएका सामाग्रीमा अक्सिजन सिलिण्डर ४ सय थान र अक्सिजन कन्सनट्रेटर मेशिन १ सय ७३ थान रहेका छन् । त्यस्तै १० थान चीन सरकारले अनुदानमा दिएको भेण्टिलेटर पनि ल्याइएको छ ।

ती सामाग्री लिएको जहाज दिउँसो चार बजे त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा अवतरण गरेको हो । यस अघि पनि चीन सरकारले नेपालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन सहयोग गरेको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !