२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकामा दुई साता निषेधाज्ञा थप

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०९:२१


काठमाडौं । काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा जारी भएको दुई हप्ता भईसक्दा पनि संक्रमण दरमा कमी नआएकाले निषेधाज्ञा थपिएको हो ।

उहाँका अनुसार निषेधाज्ञा थप कडा गरिने छ । यस अघि होटल र पार्टी प्यालेसमा विवाह गर्न दिइएकोमा अब त्यो बन्द गरिने भएको छ ।

त्यसैगरी अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द गर्ने निर्णय भएको छ । निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने भएको छ ।
तरकारी तथा फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक पसल भने बिहान १० बजेसम्म खोल्न पाइने भएछ । यसअघि नौ बजेसम्म मात्र पसल खोल्दा बढी भीड भएको एक घण्टा समय थपिएको हो ।

यस अघि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ । महामारी नियन्त्रणका लागि पुन ः निषेधाज्ञा थप गरिएको हो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !