१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सात सय ६५ थान अक्सोमिटर सहित सात जना पक्राउ

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०८:४९


काठमाडौं । लुकाइछिपाइ राखेको सात सय ६५ थान अक्सोमिटर सहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

महानगरीय अपराध अनुशन्धान महाशाखा, औषधी व्यवस्था विभाग, बाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उपत्यकामा निषेधाज्ञाको पालनाको अवस्था र अत्यावश्यक स्वास्थ्य सामाग्रीको बिक्रिवितरणको अवस्थाको बारेमा अनुगमन गर्ने क्रममा सो परिमाणको सामाग्री सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ल प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई थप अुनशन्धान गरिरहेको र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ ।  सो उपकरण मानिस शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग गरिन्छ ।

अनुगमनलाई निरन्तर जारी राख्ने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !