१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०६:५८


काठमाडौं । बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !