६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्घटनामा परी दम्पतीको ज्यान गयो

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०६:२७


सप्तरी । दुर्घटनामा परी एक दम्पतीको ज्यान गएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।

शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !