१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरु दिनुभएकाे जवाफ

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०४:३२


आइएनए न्युज एजेन्सी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विपक्षी दलका नेताहरुले दिएका अभिव्यक्तिमा दिनुभएको जवाफका मुख्य बुँदा :

– संविधानमा आवश्यक सुधार गर्दैजाउँ । संविधान सुधार गर्नु पर्ने छ भने गरौँ । देशलाई बनाउने कुरा गरौँ । मिथ्या कुरा नगरौँ ।
– हिजो विभेद थियो । त्यसलाई अन्त्य गर्न लागौँ । त्यस काममा सरकार लागेको छ । यसमा सहयोग गरौँ ।
– समृद्धि तर्फको अभियान मजाकको विषय होइन । समृद्धि तर्फको अभियानलाई हामीले साझा अभियान बनाउन सक्नुपर्छ ।
– १०÷१५ वर्ष अगाडि लोकतन्त्रका विरुद्ध लड्ने साथीले अहिले लोकतन्त्रको तारिफादारी गर्नुभयो । धन्यवाद छ उहाँलाई ।
– मार्ग प्रशस्त गरिदिनु पर्यो भन्नुभयो । यो कुरा अलि बुझिएन । कसो गर्दा चाहीँ हुने ? तपाईंलाई यस सदनले विश्वास दिँदैन भन्ने कुरा आयो । मलाई त्यस्तो लाग्दैन  ।

– कहिले कहिले देशको आवश्यकता एकातिर हुन्छ, संसदीय गणित अर्कातिर हुन्छ । देशको आवश्यकता र संसदीय गणितका बीचमा फरक पर्छ । चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन । बढ्ता ढिलो भयो भने अब ढेढ वर्षमा चुनाव हुनैपर्छ ।

– पाँच वर्ष चलाउँ न त । पाँच वर्ष चलाउन मैले भोट मागेकै छु त । किन राजीनामा नदिएको भन्दा पाँच वर्ष चलाउन । कुरा मिलेकै छ, पाँचै वर्ष चलाउँ । यसका लागि मत दिनस् । मिलेर काम गरौं, मत दिनुस् ।
– संसद् विघटन होला कि भन्ने चिन्ता छ । ए बाबा रे, मत दिनुस् न कसरी विघटन हुन्छ ? आफैं मत नदिईकन विघटनतिर धकेल्ने । आफैं विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस लगाउने । भिरको टाउकोबाट हाम्फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष लगाउने । डिलबाट हाम्फाल्यो भने मात्र गुरुत्वाकर्षणले तान्छ । हाम्फाल्ने काम नगरौं, विश्वासको मत दिउँ ।

– संसद्को स्थायित्वका लागि, मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउँ, भोट दिउँ । म गरुँ के ?

– चुनाव हुँदा देश खतरामा पर्दैन । संविधानको मर्म पाँच वर्ष चलाउने हो भने पाँचै बर्ष चलाउँ, यसका लागि विश्वासको मत दिनुस् । स्थिरता दिउँ, आफैँ विघटनतिर धकेल्ने अनि अरुलाई दोष दिने । नहाम्फालौँ, विश्वासको मत दिउँ । भाषा एउटा व्यवहार अर्को नगरौँ ।

-आइएनए न्युज एजन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !