१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तस्विर आफैं बोल्छ, उपलब्धी आफैं देखिन्छ– प्रम ओली

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०८:५१


काठमाडौं । ‘राजनीतिक अवस्थाको कारण मैले, यस सदनको ममाथि विश्वास छ भन्ने पुष्टि गर्न आवश्यक छ भन्ने ठानेकाले यो प्रस्ताव लिएर यहाँ उभिएको छु’– प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो ।

प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दै उहाँले भन्नुभयो– ‘राष्ट्रियताको पक्षमा त्यति स्पष्ट, त्यति व्यवहारिक, त्यति उपलब्धीपूर्ण ढंगले बढेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन ।’

‘अविश्वास गर्नुपर्ने या विश्वास गर्नु नपर्ने कुनै कारण नै छैन’– उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो– ‘वर्तमान सरकार कुनै पनि हिसाबले विश्वास नगर्नुपर्ने सरकार हुँदै होइन । राष्ट्रियताको विषयमा, राष्टिय हित संवद्र्धनको प्रश्नमा धेरैवटा अग्निपरीक्षा पार गरेको छ ।’

उहाँले भन्नुभयो– ‘राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको व्यवहारिक कार्यान्वयन गर्ने सन्दर्भमा, भोगोलिक अखण्डताको रक्षा र प्रवद्धर्न गर्ने सन्दर्भमा, राष्ट्रहितलाई सर्वाेपरी राखेर व्यवहार गर्ने सन्दर्भमा, राष्ट्रिय स्वाधीनतालाई माथि उठाउने सन्दर्भमा वर्तमान सरकारले कुनै पनि कसर नराखेको कुरा तर्कभन्दा माथि छ । तस्विर आफैं बोल्छ भने झैं सत्य आफै बोल्छ । हाम्रा व्यवहार आफैं बोल्छ, अडान आफैं बोल्छ, उपलब्धी आफै बोल्छ ।’

नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी भूमिका खेलेको चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘सबै हिसाबले हेर्ने हो भने पनि नेपाल सुनिन थालेको, देखिन थालेको, सुन्न पर्ने आवश्यकता महशुस गरिएको देशका रुपमा स्थापित भएको छ ।’

‘सफलता नदेख्ने, एकाध सफलता प्राप्त गर्न केही विलम्ब भयो भने त्यसलाई बढाइचढाई गर्ने काम भएको छ’– प्रधानमन्त्रीको गुनासो थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !