१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुट बैठकमै नजाने

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०६:११


काठमाडौं । माधवकुमार नेपालको गुटले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा नदिने भएको छ । सो गुटले आज बिहान नौ बजेभित्र आफ्ना माग पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूरा नगरे सांसद् पदबाट राजीनामा दिने भन्दै आएको थियो ।

सिंहदरबारमा बसेको सो गुटका सांसद्हरुको बैठकले राजीनामा नदिने र विश्वासको मत दिन बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको हो । सो गुटको यो निर्णय कतिजना सांसद्ले मान्छन् भन्ने प्रष्ट भइसकेको छैन ।

पार्टीको व्हीप उल्लंघन गरेर बैठकमा हुने मतदानमा अनुपस्थित भएमा सांसद् पदबाट हटाउन सकिने व्यवस्था रहेको छ ।

आज अनुपस्थित हुने सांसद्ले राजीनामा नदिए पनि सांसद् पदबाट भने गुमाउनुपर्ने हुन्छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !