१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार १२:५०


काठमाडौं  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामा आजै स्वीकृत भएको छ ।

प्रदेशको समग्र विकास र समृद्धि तर्फ प्रयत्न भइरहेको बेला प्रदेशमा स्थिरता नचाहने विकास विरोधी तत्वको अराजनीतिक चलखेलको कारण राजीनामा दिनु परेको गुरुङले बताउनुभएको छ । हिजोसम्म सहकार्य गरेका र एउटै घोषणपत्र मार्फत निर्वाचनमा गएका दलबाट समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना भएको कारण काम गर्ने वातावरण नभएकोले राजीनामा दिएको उहाँको राजीनामा पत्रमा उल्लेख छ । ‘आजकै मितिबाट लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा लेखिएको छ ।

उहाँले तीन वर्षको छोटो अवधिमा पनि नागरिकले अनुभूत गर्ने गरी समृद्ध प्रदेश निर्माणको बलिया आधार तयार गरेको बताउनुभएको छ ।

प्रदेश प्रमुखले तीन दिन भित्र नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिकाप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा पेश भएको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने कार्यसूची छ । गुरुङले बैठक अघि नै पदबाट राजीनामा दिनुभएको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !