१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बेनिघाट–रोराङमा अक्सिजन सहितको २० शय्या तयार, पालिकाको गाडीलाई बनाइयो एम्बुलेन्स

प्रकाशित मिति :  २६ बैशाख २०७८, आईतवार ०१:१९


काठमाडौं । धादिङको बेनिघाट–रोराङ गाउँपालिकाले अक्सिजन सहित २० बेडको आइसोलेसन तयार पारेको छ ।

कोभिड–१९ को महामारी बढ्दै गएपछि पालिकामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी सुरु गरिएको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराईले बताउनुभयो । गाउँपालिकाले मलेखु स्थित सामुदायिक भवनमा आइसोलेसन तयार पारेको हो ।

सो गाउँपालिकाले पालिकाका सम्पूर्ण स्वास्थ्य चौकीमा पनि आइसोलेसन बनाएको छ । यसका साथै अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

संक्रमितको उपचारका लागि अन्यत्र लैजानु परेमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्सले नपुगेको अवस्थामा गाउँपालिकाको गाडी पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

पालिका भित्र कसैलाई कोभिड–१९ को लक्षण देखिएमा वा उपचारका लागि अन्यत्र लैजान परेमा गाउँपालिका अध्यक्षको सम्पर्क नम्बर ९५१२२९२२०, प्रमुख प्रशासकीय अधिकृतको ९८४७०३१०१ र स्वास्थ्य संयोजकको ९८४१५७२७७५ मा सम्पर्क गर्न पनि गाउँपालिकाले सूचना मार्फत अपिल गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !