१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धनगढीले राेक्याे तीन दिनका लागि स्वाब संकलन

प्रकाशित मिति :  २५ बैशाख २०७८, शनिबार ०८:०३


कैलाली । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब संकलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब संकलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।

उपमहानगरपालिकासँग कोभिड परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएकाले अस्पतालले स्वाब संकलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले  शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब संकलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन दिनपछि पुनः सेवा संचालन हुनेछ ।’

सेती प्रादेशिक अस्पतालमा भने स्वाब संकलन जारी रहने जनाइएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोभिड परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब संकलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ ।

संकलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब संकलन कार्य संचालन गर्नेे जनाइएको छ । जिल्लामा कोभिड संक्रमणदर बढेसँगै स्वाब दिनेको संख्या अत्यधिक बढेको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !