१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दीप बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्ने आदेश 

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १३:११


काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई शुक्रबार धरौटीमा छाड्न आदेश दिएको छ ।

बस्न्यातलाई ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ५ लाख रुपैँया धरौटी लिएर छाड्ने आदेश दिएको हो ।

बस्न्यातलाई विशेष अदालतको २०७७ मंसिर २८ गतेको थुनामा राख्ने आदेशलाई बदर गर्दै सर्वोच्चले धरौटीमा छाड्ने आदेश दिएको छ । बस्न्यात उमेरको हिसाबले जेष्ठ नागरिक भएको, मुटुको रोगी तथा परिवारमा कोभिड संक्रमण भई उपचाररत रहेको भन्ने पुष्टि भएको अदालतको आदेशमा उल्लेख छ । यस अवस्थामा निवेदक प्रतिवादी दीप बस्न्यातलाई मुद्दामा पूर्पक्षको लागि थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा वेमनासिव र अनुपयुक्त देखिएको’, अदालतको आदेशमा भनिएको छ ।

अदालतले बस्न्यातलाई तारिखमा राखेर मुद्दा पूर्पक्ष गर्न सर्वोच्चले आदेश दिएको छ । पाँच लाख रुपैयाँ धरौटी राखे वा सो बराबर जमानत दिए लिई निजलाई तारिखमा राखी मुद्दामा पूर्पक्ष गर्नुहोला’, आदेशमा उल्लेख छ ।

भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा बस्न्यात विरुद्ध मुद्दा दर्ता भएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !