१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

होमियोप्याथिक अस्पताल स्थापना हुने

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १२:३९


काठमाडौं । कोभिड–१९ संक्रमितको होमियोप्याथिक उपचार पद्धतीबाट उपचारका लागि ललितपुरमा होमियोप्याथिक अस्पताल स्थापना हुने भएको छ ।

अल नेपाल होमियोप्याथिक एसोसियशनको संयोजनमा शुक्रबार बसेको सातवटा सरकारी तथा गैरसरकारी संस्थाको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

एसोसियशनका केन्द्रिय अध्यक्ष डा. खगेन्द्र कटुवालको अध्यक्षतामा बसेको बैठकले कोभिड अस्पताल सञ्चालनको लागि कार्ययोजना बनाई पशुपति होमियोपेथिक अस्पताल हरिहर भवनको अगुवाइमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत विभिन्न निकायमा कार्ययोजना पेस गर्ने निर्णय गरेको छ ।

महामारीमा होमियोप्याथिक विधिबार उपचार गर्नको लागि तत्काल ५० बेडको अस्पताल स्थापना गरी उपचार सुरु गर्ने बैठकले निर्ण गरेको छ । जस अन्तर्ग होमियोप्याथिक क्लिनिकल ट्रायल, होमियोप्याथिक रेफर, औषधी व्यवस्थापन र अन्य औषधी व्यवस्थापनका लगायतका कार्यक्रम समेत सञ्चालन गरिने छन् ।

यसको लागि पशुपति होमियोप्याथिक चिकित्सालयको सात रोपनी जमिनको दुई वटा भवनमा तत्काल अस्पताल सञ्चालनमा ल्याइने भएको छ । बैठकले देशभरि कोभिड विरुद्धको सुरक्षात्मक औषधी वितरण गर्ने तथा जनचेतनामुलक कार्यक्रम गर्ने र आममानिसमा मनोबल बढाउनको लागि देश भरि मनोवैज्ञानिक उपचार तथा जनताको जीवन रक्षा अभियान चलाइने योजना रहेको समेत डा. कटुवालले जानकारी दिनुभयो ।

-आइएनए न्युज एजन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !