१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिडकाे नयाँ रेकर्ड एकै दिन थपिए ९१९६ संक्रमित

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार १२:३४


काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको बाढी बढ्दै गएको छ । संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड बन्दै गइरहेको छ ।

गत २४ घण्टामा एकैपटक नौ हजार १ सय ९६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार ९ सय ८७ को पीसीआर परीक्षण गर्दा नौ हजार २३ जना र ४ सय ९५ एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जनामा  संक्रमण पुष्टि भएको हो ।

यो संक्रमण नेपालमा एकैपटक देखिएको अहिलेसम्मकै सर्वाधिक हो । बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका थिए । आज सो संख्या बढेको छ । गत २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ५० जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !