१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिशिल्ड खोप आयातमा अवरोध छैन- हुकुम डिष्ट्रिव्युसन प्रालि

प्रकाशित मिति :  २४ बैशाख २०७८, शुक्रबार ०१:४८


काठमाडौं । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटबाट ल्याउने भनिएको खोप आयातमा अवरोध नगरेको कोभिशिल्ड खोपको नेपाली आधिकारिक विक्रेता हुकुम डिष्ट्रिव्युसन प्रालिले जनाएको छ ।

कम्पनीले खोप  खरिद प्रक्रियामा आफ्नो कुनै संलग्न नरहेको जनाएको छ । १० लाख खोप नेपाल सरकारले सिरम इन्स्टिच्युटको सहमतिमा ल्याएकोमा सहजीकरण र वितरण मात्र गरेको हुुकुम डिष्ट्रिव्युसन प्रालिले विज्ञप्ति निकालेर जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल सरकार र सिरम इन्स्टिच्युट बीचको सिधा सम्झौताका आधारमा भएको हो, आधिकारिक विक्रेताका भएको हैसियतले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता नरहेको जानकारी गराउन चहान्छु ।’

हुकुम डिष्ट्रिव्युटर्सले महामारीलाई ध्यानमा राखेर आफूले पाउनु पर्ने सेवा शुल्क समेत नलिएको जनाएको छ ।

भारतमा देखिएको संकटका कारण समयमा पर्याप्त खोप उत्पादन हुन नसक्दा सम्झौता भइसकेको खोप आयातमा पनि ढिलाई भएको कम्पनीले जनाएको छ । नेपालमा मात्र नभएर अन्य देशहरुमा पनि कम्पनीले खोप पठाउन नसकिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

भारतमा देखिएको संकटका कारण उत्पन्न परिस्थितिलाई समेत ख्याल नगरी गलत सूचना फैलाउनु नागरिकको स्वास्थ्य माथिको खेलवाड   भएको विज्ञिप्तिमा उल्लेख छ ।

अक्सफोर्ड अष्ट्राजेनेकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिशिल्ड खोप नेपाल ल्याउन कमिसनको चक्करमा विक्रेताले नै अवरोध सिर्जना गरेको भन्दै समाचार आएपछि कम्पनिले त्यसको खण्डन गरेको हो । यस प्रति आफ्नो ध्यानाकर्षण भएको र समाचारमा आए जस्तो कुरामा सत्यता नभएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !