१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा वर्ग काेभिड-१९ बाट सर्वाधिक संक्रमित

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार १५:५८


काठमाडौं । नेपालमा २० देखि ३९ वर्ष उमेर समूहका मानिस अहिले कोभिड १९ बाट सर्वाधिक संक्रमित छन् । यो उमेर समूहलाई सबैभन्दा क्रियाशील मानिन्छ ।

पछिल्लो २४ घन्टामा नेपालमा ९०७९ जना संक्रमित भएका छन् । तीमध्ये २० देखि २९ वर्षका २१९३ जना छन् । त्यसैगरी ३० देखि ३९ वर्षका २२३४ जना छन् ।

गत वर्ष कोभिडको पहिलो लहरमा संक्रमित हुनेहरुको ठूलो संख्या ५० वर्ष भन्दा माथि थियो । अहिले ५० वर्षभन्दा तल उमेरका मानिस धेरै संक्रमित भइरहेका छन् ।

अहिले सर्वाधिक चिन्ताको विषय बालबालिका तथा किशोर उमेरकाहरु पनि संक्रमित हुनु हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार १० वर्षभन्दा तलको उमेरका २२९ जनालाई संक्रमण देखिएको छ । त्यसैगरी १० देखि १९ वर्ष बीचका ५८८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा २७०७ जना निको भएका छन् । भने ५४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

-आइएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !