१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शय्या अभावभए यि नम्बरमा सम्पर्क गर्नुहाेस्

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०६:१४


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७  र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६ सय ५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !