१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओली देउवा बीच वार्ता, मत दिए पनि ठिकै नदिए पनि ठिकै

प्रकाशित मिति :  २३ बैशाख २०७८, बिहीबार ०२:०३


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच विश्वासको मत सम्बन्धमा वार्ता भएको छ ।

सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको वार्तामा प्रधानमन्त्री ओलीले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । छलफल पछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संवादाताहरुलाई भन्नुभयो– ‘हामीले विश्वासको मत दिन नसकिने बतायौं ।’

कोभिड १९ महामारी नियन्त्रण गर्नका लागि आफूहरुले सुझाव दिएको महतले जानकारी दिनुभयो । सरकारले ल्याएको अध्यादेशमा पनि आफूहरुले आपत्ति जनाएको महतले बताउनुभयो । लुम्बिनी र गण्डकीमा अलोकतान्त्रिक काम भएकोमा पनि प्रधानमन्त्री समक्ष आपत्ति जनाइएको उहाँले जानकारी दिनुभयो ।

‘हामीले विश्वासको मत दिँदैनौं भनेका छौं’– महतले भन्नुभयो– ‘सौहाद्रपूर्ण ढंगले वार्ता भयो ।’

बैठकपछि एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत नदिने प्रष्टसँग भन्नुभएपछि प्रधानमन्त्रीले भन्नुभयो– ‘विश्वासको मत दिए पनि धन्यवाद, नदिए पनि धन्यवाद ।’

बैठकमा प्रधानमन्त्रीको साथमा उपप्रधानमन्त्री, सुवासचन्द्र नेम्वाङ, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा लगायतका नेता हुनुहुन्थ्यो । कांग्रेसको तर्फबाट सभापति देउवा बाहेक महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, डा. महत लगायतका नेताहरुको उपस्थिति थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !