१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा भाेलिबाट निषेधाज्ञा

प्रकाशित मिति :  २२ बैशाख २०७८, बुधबार ०६:४३


काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ ।

बुधबार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख छ । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि नियन्त्रणको लागि निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत निर्देशन दिएको छ । आदेशको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ । अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधन र पसल समेत बन्द गरिएको छ ।

यसअघि झापामा बैशाख २६ गतेसम्म आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !