१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निषेधाज्ञा अझै एक साता लम्बियाे

प्रकाशित मिति :  २१ बैशाख २०७८, मंगलवार ११:४६


काठमाडौं । उपत्यकामा एकसाताका लागि लगाइएको निषेधाज्ञा अर्को एक साताका लागि थप हुने भएको छ ।

मंगलबार बसेको उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि बिहान बेलुका नैं खाद्यान्न पसलहरु खोल्न दिइएकोमा अब बिहान एक समय ७ देखि ९ बजे सम्म मात्र दिइने बताइएको छ ।

अत्यावश्यक कामका लागि मात्र बाहिरबाट उपत्यका छिर्न दिइने र बैंक तथा वित्तिय संस्थाका केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइने बैठकमा निर्णय भएको छ । सरकारी सवारीसाधन समेत अनुमति बिना चलाउन नपाइने निर्णय समेत बैठकले गरेको छ ।

पत्रकारलाई पनि सूचना तथा प्रसारण विभागबाट जारी भएको परिचय पत्र अनिवार्य गरिएको छ । सडकमा अत्यावश्यक कामबाहेक हिँड्डुल गर्न  पनि नदिइने जनाइएको छ ।

यसअघि बैशाख १६ गते राति १२ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार सकिँदै थियो । यसबीच कोरोना सङ्क्रमण दर बढेको भएपनि निषेधाज्ञाले थप बढ्न नदिएको आंकलन गर्दै थप एक साता निषेधाज्ञा गरिएको छ ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !