१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हेटौँडा अस्पतालमा थप एक संक्रमितले गुमाए ज्यान

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:१०


वाग्मती । मकवानपुरमा थप एक कोभिड संक्रमितको ज्यान  गएको छ ।

गए राति हेटौँडा अस्पतालमा एक संक्रमितको ज्यान गएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे ज्यान गएको हेटौँडा अस्पतालमा प्रमुख डा. प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित पुरुषलाई हिजो मात्रै कोभिड संक्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा ज्यान गुमाउनेकाे संख्या ३४ पुगेको छ ।

मकवानपुरमा आइतबारमात्रै  दुई सय ११ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !