१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाेलायाे कांग्रसले पदाधिकारी बैठक

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:०८


काठमाडाैं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बाेलाएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसाे २ बजे बस्नेगरी पदाधिकारी बैठक बाेलाउनुभएकाे नेता प्रकाशसरण महतले जानकारी दिनुभयाे ।

देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा काेभिड महामारी, प्रतिनिधि सभाकाे अधिवेशन आह्वान, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने लगायत विषयमा छलफल हुन सक्ने महतले जानकारी दिनुभयाे । यद्यपि बैठकका ठाेस एजेण्डा तय नभएका पनि उहाँले बताउनुभयाे ।

आइतबार मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधि सभाकाे अधिवेशन आह्वान गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिनुहुने प्रयाेजनका लागि अधिवेशन आह्वान गरिएकाे हाे ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !