१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि अर्घाखाँचीमा पनि निषेधाज्ञा

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार ०६:०३


काठमाडौं । अर्घाखाँचीमा निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

वैशाख ३१ गतेसम्म जारी रहने निषेधामा अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन प्रशासनले अपिल गरेको छ ।

सो अवधिमा औषधि पसल र स्वास्थ्य सामग्रीका पसल २४ घण्टा खुला रहनेछन् । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ । अन्य पसल बन्द रहनेछन् । एम्बलुलेन्स, दमकल, अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुने सवारी, सञ्चारकर्मीका गाडी बाहेक अन्य सवारी साधन नचाउने नपाइने पनि प्रशासनले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !