१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै अस्पतालले शय्या थप्नुहाेस्- प्रदेश-१ सामाजिक विकास मन्त्रालय

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार १२:५२


काठमाडौं । प्रदेश–१ मा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सामाजिक विकास मन्त्रालयले अक्सिजनसहितका ६ सय वटा शय्या थपेको छ । मन्त्रालयका सूचना अधिकारीका सदानन्द भट्टराईका अनुसार भएका शय्याहरु भरिएकाले अर्को वार्ड थपेर कोरोना विशेष अस्पतालमा उपचार गरिनेछ । सो अस्पताल भोलिसम्म सञ्चालनमा आउनेछ ।

प्रदेशभरका अस्पताललाई एक अस्पताल बराबर २० शय्या थप्न पनि मन्त्रालयले निर्देशन दिएको छ । मातहतका अस्पताललाई अनिवार्य रुपमा २० शय्या थप्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेश–१ मा कोभिड संक्रमितको संख्या ३२ हजार ६ सय ५१ पुगेको छ । अहिलेसम्म प्रदेश–१ मा ४ सय ९५ जनाले संक्रमितले ज्यान गुमाइसकेका छन् ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !