१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकै पटक उक्लियाे काेभिड, २४ घण्टामा थपिए ७२११ संक्रमित

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ११:०५


काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्यामा नयाँ रेकर्ड बन्न थालेकाे छ ।

गत २४ घण्टामा ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा एकैदिन यति धेरै संख्यामा संक्रमित थपिएकाे पहिलाे पल्ट हाे ।

पीसीआर विधिबाट गरिएकाे परीक्षणमा ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । गत साता भन्दा दुई गुणा बढी संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !