१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ११:०३


काठमाडौं । शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ उपधारा (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर सो जानकारी दिएको हो ।

पोखरेलले प्रदेश सभाको बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पोखरेलले आज बिहान मात्र मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !