१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेता-कार्यकर्तालाई कोभिड विरुद्धको लडाईंमा खटिन एमालेको निर्देशन

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ११:०२


काठमाडौं । नेकपा एमालेले कोभिड–१९ विरुद्धको लडाईंमा स्वयंसेवी रूपमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको एमालेको आकस्मिक बैठकले कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा लेखिएको छ – ‘बैठकले समग्र पार्टी पंक्तिलाई कोभिड विरुद्धको यस कठिन लडाईंमा स्वयंसेवी रूपमा परिचालित हुन पनि आह्वान गरेको छ ।’

बैठकले संक्रमितहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ । ‘ बैठकले कोभिड बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रतासाथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’– विज्ञप्तिमा लेखिएको छ ।

कोभिड केन्द्रित रहेको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !