१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेशकाे विशेष अधिवेशन अन्त्य गर्न सिफारिस

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०६:५५


काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

प्रदेश सभाको विशेष अभिवेशन आज दिउँसो १ बजेदेखि बस्ने तय थियो । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले विशेष अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेको भन्दै मन्त्रिपरिषद्ले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका दुई सांसद्ले वैशाख ६ गते अविश्वास प्रस्ताव पेस गरेका थिए । सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन आजका लागि बोलाइएको थियो ।

मुख्यमन्त्रीले राजीना दिनुभएसँगै नयाँ सरकारको गठन प्रक्रिया सुरु भएको छ । अविश्वास प्रस्ताव पनि निष्क्रिय भएको छ । त्यसैले अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

एमालेको एकल बहुमतमा बन्ने सरकारमा पोखरेल नै फेरि मुख्यमन्त्री बन्दै हुनुहुन्छ । आजै बसेको एमाले संसदीय दलको बैठकले उहाँलाई नै दोहोर्‍याउने निर्णय गरेको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !