१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शान्ति समाजको ध्यानाकर्षण

प्रकाशित मिति :  १९ बैशाख २०७८, आईतवार ०५:५४


काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अपिलमा सरकारले ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न एवं अस्पतालमा शथ्या उपलब्ध गराउन नसकिने भइसकेको छ’ भन्ने अभिव्यक्तिप्रति  समाजले आफ्नो ध्यानाकर्षण भएको सभापति गोविन्द खनालले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको समाजको ठहर छ । संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउन नहुने विज्ञप्तिमार्फत् आह्वान गरिएको छ ।
यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकारलगायत सम्ंवद्ध सबैलाई शान्ति समाजले आग्रह गरेको छ । क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सरकारको सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि विज्ञप्तिमार्फत् व्यक्त गरिएको छ ।

साथै अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ समाजले पुन: सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !