१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामेछापमा नौ स्वास्थ्यकर्मी सहित २२ मा कोभिड संक्रमण

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार १२:५६


रामेछाप । रामेछापमा शनिबार थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

सक्रमित हुने मध्ये ९ जना एउटै अस्पतालका स्वास्थ्यकर्मी छन् । शुक्रबार मन्थली स्थित तामाकोसी अस्पतालबाट ३८ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो । ती मध्ये १३ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा आठ पुरुष र पाँच जना महिला छन् । संक्रमित स्वास्थ्यकर्मी बाहेक सोही अस्पतालमा उपचार गराइरहेका बिरामी हुन् । यस अघि पनि सो अस्पतालमा उपचार गराइरहेका आठ जना बिरामीमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै रामेछापमा सक्रिय कोभिडका बिरामीको संख्या ४१ पुगेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !