१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकैदिन थपिए ५७६३ संक्रमित

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ११:४१


काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको बाढी बढ्दै गएको छ ।

गत २४ घण्टामा मात्र देशभर ५  हजार ७ सय ६३ संक्रमित थपिएका छन् । १४ हजार ४ सय ३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जनामा संक्रमण देखिएको छ । ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । तीमध्ये २ लाख ८२ हजार ३ सय ८२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको ज्यान गएको छ । १९ संक्रमितको ज्यान गएको तथ्यांक पनि मंगलबार प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ । देशभर ६७ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !