१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा उग्र काेभिड: दैनिक चारलाख भन्दा बढी संक्रमित

प्रकाशित मिति :  १८ बैशाख २०७८, शनिबार ०४:३१


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट तीन हजार पाँच सय २२ जनाको ज्यान गएको छ । सो अवधीमा चार लाख दुई हजार एक सय १० संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार आठ सय ३५ पुगेको छ ।

हालसम्म भारतमा एक करोड ९१ लाख ५७ हजार ९४ जनामा संक्रमण भएकोमा एक करोड ५६ लाख ७३ हजार .तीन जना निको भएका छन् । अहिले भारतमा ३२ लाख ७२ हजार दुई सय ५६ जना सक्रिय संक्रमित छन् ।

यद्यपी भारतमा मृतकको यकिन तथ्यांक तयार भइरहेको छैन । उपचार नपाएर अस्पताल बाहिरै ठूलो संख्यामा मानिसको ज्यान गइरहेकोले यकिन तथ्यांक तयार हुन नसकेको हो ।

मृतकका परिवारले स्थानीय निकायमा मृत्युदर्ता गरेपछि मात्र यकिन तथ्यांक आउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकका परिवारलाई सरकारले राहत दिन्छ । यसका लागि मृत्युदर्ता गर्नुपर्छ । भारतको सुरत सहरको नगरपालिका कार्यालयमा मृत्यु दर्ता गर्न समेत घन्टौं लाइन बस्नुपरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उपचारका लागि अस्पतालमा लाइन बस्नुपर्ने, लाइन बस्दा पनि बेड नपाइने, ज्यान गुमाएकाको दाहसंस्कारका लागि घन्टौं लाइन बस्नुपर्ने, शव जलाउन दाउरा अभाव हुने र मृत्युदर्ताका लागि समेत लामो लाइन बस्नुपर्ने विकराल अवस्थाबाट अहिले भारत गुज्रिरहेको छ ।
-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !