१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मणि थापालाई काेभिड संक्रमण

प्रकाशित मिति :  १७ बैशाख २०७८, शुक्रबार ०६:२६


काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

मन्त्री थापामा शुक्रबार संक्रमण पुष्टि भएकाे उहाँकाे सचिवालयले जनाएकाे छ । पीसीआर परीक्षणका लागि बिहीवार स्वाब  दिइएकाेमा शुक्रबार रिपाेर्ट पाेजेटिभ आएकाे हाे । केही दिनअघि मन्त्री थापाकी छाेरीमा काेभिड देखिएकाे थियाे । त्यसपछि मन्त्री थापासहित सचिवालयका सदस्यहरुकाे पीसीआार परीक्षण गरिएकाे हाे ।

यसअघि उर्जामन्त्री टाेपबहादुर रायमाझी र उहाँकाे परिवारमा काेभिड देखिएकाे थियाे । एमालेका प्रमुख सचेतक विशाल भट्टराई, खिमलाल भट्टराई  र विष्णु रिजालमा पनि काेभिड पुष्टि भइसकेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !