१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

औषधि अभाव हुँदैन-औषधि व्यवस्था विभाग

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार १०:४९


काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड महामारीमा औषधिको अभाव नहुने जानकारी दिएको छ । कोभिड १९ को महामारीले भयानक रुप लिएसँगै अत्यावश्यक औषधि अभाव हुने डर पैदा भएको बेलामा विभागले यस्तो जानकारी दिएको हो ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भन्नु भयो, ‘औषधिको अभाव भएको छैन । अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्व तयारी गर्दै छौं ।’
औषधिको अभाव हुन नदिन विभागले तयारी थालेको तर महामारीको पूवानुमान गर्न भने गाह्रो हुने उहाँले बताउनु भयो ।

भारतमा कोभिड १९ महामारी नियन्त्रण बाहिर गएको अवस्थामा पनि त्यहाँबाट नेपालमा औषधि आयात भइरहेको उहाँले बताउनु भयो । ‘भारतको अवस्था विकराल बने पनि औषधि आयातमा कुनै अवरोध छैन ।’
आइसीयुमा रहेको  विरामीका लागि तत्काल प्रयोग हुने रेम्डीसिभीर नामको इन्जेक्सन भने भारतले निर्यातमा रोक लगाएको उहाँले बताउनु भयो । तर उक्त इन्जेक्सन बङलादेशमा पनि उत्पादन हुने भएकाले बङलादेशबाटे ल्याउन अनुमति दिइसकेको समेत उहाँले जानकारी दिनु भयो ।

कोभिड १९ को महामारी सँगै एन्टिबायोटिक औषधिको प्रयोग बढेको छ । रुघाखोकी, ज्वरो, निमोनिया, दम बढ्ने, प्रसर आदि लक्षणहरु कोभिडको लक्षण भएकाले सिम्टम्याटिक औषधिहरुको खपत बढेको उहाँको बताउनु भयो ।

औषधिको लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको र भारतबाट आयात गर्न नसकिए पनि चीनबाट आयात गर्न सकिने उद्योगीहरुले आफुलाई जानकारी दिएको उहाँले बताउनु भयो । केही महिनाका लागि पुग्ने कच्चा पदार्थ र्माज्दात रहेको समेत सन्तोषले बताउनु भयो ।

महामारीलाई नै केन्द्रित गरेर सम्बन्धीत पक्षहरुसँग छलफललाई तिब्रता दिएको पनि उहाँले बताउनु भयो । विभागले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय, गृह मन्त्रालय लगायतसँग छलफल बढाएको उहाँले बताउनु भयो ।

औषधिमा कालोबजारी हुन सक्ने कुरालाई ध्यानमा राखेर अनुगमनलाई व्यापक बनाउने तयारी समेत गरेको उहाँले  जानकारी दिनु भयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !