१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दिक्तेलमा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०८:५१


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस संक्रमित बिरामीको संख्या वृद्धि हुन थालेपछि नगरपालिकाले केन्द्र स्थापना गरेको हो ।

नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिएको आइसोलेसन केन्द्रको उद्घाटन गर्दै केन्द्रमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिने बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोग र सहकार्यमा निर्माण गरिएको सो केन्द्रमा २७ पुरुष र पाँच महिला गरी कूल ३२ संक्रमितको उपचार गर्न सक्ने बताइएको छ ।

जिल्लास्थित कोभिड–१९ संक्रट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको निर्णयानुसार नगरपालिकाले सो केन्द्रको स्थापन गरेको हो । केन्द्रले जिल्लाका दश स्थानीय तहमध्ये नगरपालिकालाई अक्सिजनसहित ३० शय्या र गाउँपालिकालाई २० शय्याको आइसोलेसन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !