१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पर्सामा एकै दिन भेटिए एक सय ६९ संक्रमित

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०७:२५


पर्सा । आज एकै दिन एक सय ६९ जना कोरोना संक्रमित फेला परेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा दुई सय ८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका एक सय ३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका संकमितमध्ये सबैभन्दा बढी पर्साबाट एक सय ४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक-एक जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

उहाँले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका संक्रमितमध्ये यो सबैभन्दा बढी संख्यामा रहेको बताउनुभयो । यससँगै पर्सामा संक्रमितको कुल संख्या चार हजार तीन सय १७ पुगेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या एक हजार एक सय ३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !