१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम गर्न शिक्षा मन्त्रालयकाे आग्रह

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०७:०८


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ ।

बिहीबारबाट सुरु भएको निषेधाज्ञामा मन्त्रालयले सूचना जारी गर्दै आलोपालो प्रणालीमा काम गर्न सकिने उल्लेख गरेको छ ।

घरबाट गर्न सकिने कामको हकमा वर्क फ्रम होमको व्यवस्था गर्दै पालोमा अनुपस्थित हुने कर्मचारीको सम्बन्धित कार्यालय प्रमुखले कोभिड काज जनाउने सूचनामा उल्लेख गरिएको छ ।

मातहतमा रहेका केही आयोग, केन्द्रीय कार्यालय र केही परियोजनाको काममा भिडभाड कम गर्दै काम सुचारु राख्ने मन्त्रालयले जनाएको छ ।

आफू मातहतका २३ वटा कार्यलयहरुलाई कोभिड-१९ रोकथामका लागि मन्त्री परिषदबाट निर्णय भए बमोजिम काम गर्न/गराउन अनुरोध गरिको पनि पत्रमा उल्लेख छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !