१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निषेधाज्ञा उल्लङ्घन गरे के-कस्ता सजाय

प्रकाशित मिति :  १६ बैशाख २०७८, बिहीबार ०५:५१


काठमाडौं । काठमाडौं उपत्यका सहित आजबाट देशका १६ जिल्लामा पूर्ण तथा आंशिक निषेधज्ञा लागेको छ । कोभिड १९ महामारी नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा अवधीमा के–के गर्न पाइने र के–के नपाइने भनेर सरकारले मापदण्ड तयार पनि पारेको छ । यदि सरकारले तोकेका मापदण्ड पूरा गरेन के सजाय हुन्छ त ?

सरकारले जारी निषेधाज्ञा संक्रमित रोग नियन्त्रण गर्न बनाएको हो । निषेधाज्ञा उल्लङ्घन गरे संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही हुने प्रावधान छ । जसअनुसार संक्रमित रोग देशमा फैलिएको बेला सरकारले जारी गरेको आदेश पालना नगरे एक महिना कैद र एक सय रुपैँया जरिवाना वा दुवै सजाय गर्न सकिने प्रावधान छ ।
यसैगरी संक्रामक रोग ऐनमा काममा बाधा पुराउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने व्यवस्था छ ।

स्थानीय प्रशासनको आदेशमा निषेधाज्ञा जारी हुने भएकाले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम पनि कारबाही हुन सक्ने व्यवस्था छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !