२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाग्मतीमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १२:४४


काठमाडौं – एमालेले बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार गरेको छ ।

बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले रिक्त रहेको विभिन्न तीन मन्त्रालयमा मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्नुभएको हो । थपिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमा सुरेश नेपाल र सामाजिक विकासमा सरस्वती बस्नेत मन्त्री बन्नुभएको छ । यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा डा रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले शपथग्रहण गराउनुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !