१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओली पार्टीको मर्म विपरित चल्नुभयाे- भीम रावल

प्रकाशित मिति :  १५ बैशाख २०७८, बुधबार १०:५९


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरण स्वेच्छाचारी भएको माधव गुटका निलम्बित नेता भीम रावलले बताउनुभएको छ ।

कलंकीस्थित एक पार्टी प्यालेसमा बुधवार बसेकाे गुटकाे बैठकपछि पत्रकारसँग कुरा गर्दै रावलले साे कुरा बताउनुभएकाे हाे । माधव गुटका स्थायी कमिटी सदस्यहरु पछिल्लाे रणनीति बनाउन भन्दै भेला भएका थिए ।

प्रधानमन्त्री ओली पार्टीको मर्म विपरित चलेको आरोप उहाँले लगाउनुभयो । ‘एमालेको नवाैं राष्ट्रिय महाधिवेशनबाट पारित विधान र मान्यतालाई मिचेर केपी  ओलीजीले लगातार गरिरहेका क्रियाकलायको हामीले समीक्षा गर्‍यौं,सर्वोच्चको फैसला र नेकपा एमालेको विधान विपरित केन्द्रीय कमिटीलाई उहाँले भंग गर्नुभयो’- रावलले भन्नुभयाे ।

पार्टी अध्यक्ष  ओलीले बनाउनुभएको दशौं राष्ट्रियय महाधिवेशन आयोजक कमिटी कथीत कमिटी रहेकाे समेत उहाँले बताउनुभयाे । ‘जबसम्म पार्टीकाे विधान मिच्ने केपी ओलीका गतिविधि बन्द हुँदैनन्, तबसम्म जनता र हाम्राे स्वास्थ्यलाई ध्यान दिँदै समानान्तर गतिविधि जारी राख्छौै’ – भीमले भन्नुभयो ।

सरकारले महामारीका बेला जसरी काम गर्नुपर्थ्याे त्यसाे नगरेकाे उहाँकाे आराेप छ । सरकार महामारी नियन्त्रण गर्न असफल भएको आराेप पनि उहाँले लगाउनुभयाे । आफूहरुको स्थायी कमिटीको गुट बैठकबाट सरकारलाई जनताको स्वास्थ्यमा ध्यान दिन आह्वान गरिने निर्णय भएको भीमले सुनाउनुभयाे ।

तपाईंहरुको सांसद पद धरापमा छ नि भन्ने पत्रकारको प्रश्नमा भीमले भन्नुभयो – ‘नेपालको कानुन बमोजिम प्रतिनिधि सभा र राष्ट्रि सभा सदस्यलाई कुनै विशेष कारण बेगर निकाल्न सकिँदैन, त्यही भएर हामीहरु नवाैं महाधिवेहशनको मूल मर्मको पक्षमा उभिएकाले सांसद् जाँदैन ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !